पोखरा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर ६० वर्षीय दासको मृत्यु
पाेखरा | बैशाख ७, २०८०
Photo Sandip Paudel
पोखरा: पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पोखरा ३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा आज साँझ डोजर अनियन्त्रित भएर दुर्घना हुँदा डोजरका चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । डिएसपी बिकका अनुसार पोखरा महानगर १५ रामबजार बस्ने मुसाफिरको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान गर्न कास्की प्रहरीको टोलि अहिले लामेआहालस्थित ल्याण्डफिल साइट दुर्घटना स्थल पुगेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

